काठमाडौं । कतारले अलपत्र पाँच जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनाअघि वेटर र क्लिनिङ कामका लागि कतार पुगेका उनीहरूलाई एनसीसी कतारको श्रमिक विभागले उद्धार गरी नेपाल पठाएको हो ।

रेसनल ओभरसिज प्रालि नामक म्यानपावरमार्फत कतार पुगेका उनीहरू सेभा बेस्ट क्लिनिङ हस्पिटालिटी कम्पनीमा कार्यरत रहेको अवस्थामा अलपत्र परेका थिए । एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केशव कार्कीका अनुसार उनीहरूलाई लामो समयदेखि कम्पनीले काम र तलबसमेत नदिइराखेको र पछि पीडितहरूले उजुरी गर्दा कम्पनीले उल्टै उनीहरूलाई ‘रन वे केस’ हाल्दा थप समस्यामा परेका थिए ।

‘पीडितहरू कम्पनी छाडेर भागेका होइनन्, कम्पनीले तलब र काम नदिएपछि केस गरेका थिए,’ उपाध्यक्ष कार्कीले राजधानीसँग भने, ‘तर, उनीहरूले केस गरेपछि कम्पनीले उल्टै आफू जोगिनका लागि उनीहरू भागेको भनेर केस गरेको रहेछ, त्यसपछि एनआरएनएको श्रम विभागमा गुनासो आएपछि उद्धार गरेर स्वदेश फर्काएका हौं ।’

उनीहरूमध्ये तीन जनालाई १५ डिसेम्बरमा र बाँकी दुई जनालाई २ जनवरीमा नेपाल पठाउन सफल भएको श्रमिक विभागका उपसंयोजक बिक्की गैरेले बताए । एनसीसीको श्रमिक विभागले कतारको कानुनअनुसार आवश्यक प्रक्रिया र टिकटको समेत व्यवस्था गरेको थियो ।

साथै, विदेश आउँदा पहिला कम्पनीका ’boutमा राम्रोसँग बुझेर र रोजगारका लागि जाने मुलुकको कानुनका ’boutमा राम्रोसँग बुझेर मात्रै वैदेशिक रोजगारका लागि आउन पनि एनआरएनए कतारले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0