सिंचाईको असुबिधा र चाँडै पाक्ने धानका जातहरुको कमी हुदा १५ प्रतिशत जग्गामा

मात्रै चैते धान खेती

धान  नेपालको  एक  प्रमुख  खाद्यान्न  बाली  हो  ।  कृषि  मन्त्रालयको  आंकडा अनुसार, नेपालको कूल खेती योग्य जग्गाको १३.४ लाख हेक्टरमा धान खेती गरिन्छ र यसको औषत उत्पादन ३.१२ मे.टन प्रति हेक्टर छ जुन हाम्रो  छिमेकी  राष्ट्रहरुको  तुलनामा  धेरै  कम  हो  (कृषि  तथ्यांक  पुस्तिका, २०१५/१६)  ।  हाल  कूल  खेती  योग्य  जग्गाको  ६.७  लाख  हेक्टर  जग्गामा सिंचाईको  सुविधा  भएपनि २.७  लाख  हेक्टर  जग्गामा  मात्रै  बर्ष  भरी सिंचाई  हुन्छ  ।

धान  खेती  हुने  क्षेत्रफल  बढाउन  एकदमै  कम  सम्भावना भएको  अवस्थामा  धानको  कूल  उत्पादन  बढाउन  प्रति  इकाई  प्रति  वर्ष उत्पादकत्व  बढाउनु  वाहेक अरु  कुनै  विकल्प छैन । कूल  धान खेती  हुने क्षेत्रफलको  लगभग  १५%  जग्गामा  मात्रै  चैते  याममा  धान  खेती  गरिन्छ र यसको मुख्य कारण  सिंचाईको असुबिधा र चाँडै पाक्ने धानका जातहरुको  कमी  हुनु  हो  ।

हालसम्म  चैते  याममा  धान  खेतीको  लागि मसिनो दाना हुने तथा बढी फल्ने जात नभएकोले राष्ट्रिय धानबाली अनुसन्धान  कार्यक्रम  हर्दिनाथले  अन्तरराष्ट्रिय धान  अनुसन्धान  संस्था, फिलिपिन्स,   नेपाल   कृषि   अनुसन्धान   परिषद्   अन्तर्गत   रहेका   अन्य फार्मरकेन्द्रहरुको   सहकार्य   तथा   कृषकहरुको   सहभागितामा   धानको जातीय  छनौट  परीक्षण  कार्य  निरन्तर  संचालन  गर्दै  आईरहेको  छ  ।

यसैक्रममा  अन्तरराष्ट्रिय  धान  अनुसन्धान  संस्था,  फिलिपिन्सबाट  इन्जर नर्सरी  मार्फत्  प्राप्त  विभिन्न  धानका  जिनोटाईपहरु  ई सं  २००९  देखि २०१५  सम्मको  विभिन्न  परीक्षणहरु  पश्चात्  वर्षे  र  चैतै  दुबै  यामको लागि  उपयुक्त  हुने  पी.के.३३३१९–९–१–१–५–३–५–४–१  नामक  धानको जिनोटाईप  चैते–५  को  नामले  सिफारिस  गरेको  छ  ।  यो  जात  चाँडो पाक्ने,  मसिनो  दाना  हुने,खानमा  मिठो,  बढी  उत्पादन  दिने  तथा  रोग कीरा सहन सक्छ ।

जातीय गुणहप
बोटको उचाई – १२०–१२५ से. मि.
गांज संख्या प्रति बोट – १६–१८
१००० दानाको तौल – १८.६ ग्रा.
बालाको लम्बाई – २५.५ से. मि.
दानाको रंग  – सुनौलो पहेंलो
भुस सहित दानाको लम्बाई – ६.९ मि. मि.
भुस सहित दानाको चौडाई – २.१ मि. मि.
चामल पर्ने प्रतिशत – ६८

रोग निरोधक क्षमता – मरुवा र डढुवा रोग सहन सक्ने
औषत उत्पादकत्व ४.६ मे. ट. प्रति हे.

सिफारिस क्षेत्र
यसको  खेती  तराई,  भित्रीमधेश,  वेसी  र  तल्लो  पहाड  (समुद्र  सतह  भन्दा ७०० मी. उचाई) सम्म चैते र वर्षा दुबै याममा गर्न सकिन्छ ।

जग्गाको किसिम

यो  जातको  बोट  मध्यम  उचाईको  हुने  भएकोले  सामान्यतया  सिंचाई सुविधा    भएको    मलिलोे    जग्गामा    यसको    खेती    सफलतापूर्बक    गर्न सकिन्छ ।

जग्गाको तयारी
साधारणतया  देशी  हलोले  एक  पटक  माटो  पल्टाउने  र  त्यसपछि  २–३ पटक हिल्लाएर पाटाले सम्म  पारी जग्गाको तयारी गर्न सकिन्छ ।

बीउको मात्रा र ब्याड व्यवस्थापन
एक  हेक्टर  खेतमा  रोपाई  गर्नको  लागि  ३५–४०  कि.  ग्रा.  बीउको  ब्याड तयार  गर्नु  पर्दछ  ।  धुले  तथा  हिले  दुबै  किसिमको  ब्याड  राख्न  सकिन्छ  । ब्याडलाई  ३००  गेजको  प्लाष्टिकले  बिउ  छर्नु  भन्दा  २५–३०  दिन अगाडी छोप्नु  पर्दछ  जसले  गर्दा  माटो  भित्र  भएका  जिवाणुहरु  र  झारपातका बीउहरु  नियन्त्रण  गर्न  सकिन्छ  ।  वर्षा  यामको  लागि  ब्याड  जेष्ठको अन्तिम  अथवा  अषाढको  दोस्रो  हप्ता  सम्म  राख्दा  उपयुक्त  हुन्छ  ।  त्यस्तै चैते   यामको   लागि   फागुणकोे   दोस्रो   देखि   तेस्रो   हप्ता   सम्म   राख्न सकिन्छ ।

बेर्नाको उमेर र दूरी
२०–२५  दिनको  बेर्ना  रोपाईको  लागि  उपयुक्त  हुन्छ  ।  बोट  देखि  बोटको दूरी  २०  से.मि.  र  लाईन  देखि  लाईनको  दूरी  २०  से.मि.  मा  रोपाई  गर्न उपयुक्त हुन्छ ।

मलखादको मात्रा
माटोको  उर्वराशक्तिलाई  ध्यानमा  राखी  कम्तीमा  १०  टन  प्रति  हेक्टर कम्पोष्ट   वा   गोवर   मल,   १००   कि.   ग्रा.   नाईट्रोजन,   ३०   कि.   ग्रा. फस्फोरस  र  ३०  कि. ग्रा.  पोटास  प्रति  हेक्टरका  दरले  हाल्नु  पर्दछ  ।  यदि सिंचाईको  सुविधा  छ  भने  हरियो  मल  प्रयोग  गरेर  रासायनिक  मलको मात्रा  घटाउन  सकिन्छ  ।  धान  खेतमा  जिंकको  कमी  हुने  हुँदा  जिङ्क सफेट २० कि. ग्रा. प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ ।

सिंचाई
यो  सिंचित  क्षेत्रको  लागि  सिफारिस  गरिएको  जात  हो  ।   सिंचाईको भरपर्दाे  सुविधा  छ  भने  १५÷१५  दिनको  अन्तरालमा  सिंचाई  गर्ने  र
सुकाउने गर्दा उत्पादन राम्रो हुन्छ ।

झारपात नियन्त्रण
झारपात  नियन्त्रणको  लागि  रोपाई  गरेको  तीन  दिन  भित्र  बुटाक्लोर (Butachlor) वा  पेन्डिमेथालिन  (Pendimethalin) ३–४  मि.  लि.  प्रति लिटर   पानीमा   मिसाई   छर्ने   र   रोपाई   गरेको   २५–३०   दिन   पछि नोमिनिगोड (Bispyribac Sodium)    ०.४ मि. लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

धानका प्रमुख रोगकीराहरु र तिनका रोकथाम
सामान्यतया  चैते–५  रोगकीरा  सहन  सक्ने  धानको  जात  हो  तर  रोगकीरा लागेमा   एकीकृत   रोगकीरा   ब्यवस्थापन   पद्दतिद्वारा   ब्यवस्थापन   गर्न
सकिन्छ  ।  तल  उउल्लेख गरे  बमोजिमको  रोगकीरा  ब्यवस्थापन  गर्न  जरुरी हुन्छ ।

मरुवा रोग (Blast)

यो रोगको प्रकोप तराई देखि उच्च पहाड सम्म धान खेती गरिने ठाँउहरुमा देखिए पनि  चितवन, झापा, दाङ्ग, जुम्ला र भित्रि मधेश तथा  उपत्यका        अन्र्तगतका जिल्लाहरुमा  बढी  देखिन्छ  ।  सुख्खा ग्रस्त  क्षेत्रमा  यो  रोगको  प्रकोप  बढी  हुन्छ  ।  यो  रोग  लागेमा  पातमा  स–साना,  लाम्चिला,  दुवै  छेउतिर  चुच्चिएका  खैरा  रङ्गका  थोप्लाहरु  देखा पर्दछन्  जसको  बीचमा  सेतो  टिका  हुन्छ  ।

रोगको  प्रकोप  बढि  भएपछि पुरै  पात  डढ्छ  ।  यसको  लक्षण    देखियो  भने  नाईट्रोजनयुक्त  मलको प्रयोग  कम  गर्नु  पर्दछ  ।  यसको  रोकथामको  लागि  बेभिष्टीन  ३  ग्रा.वा बिम  ७५  डब्लु.पी.  १  ग्रा.  प्रति  किलो  बीउको  दरले  उपचार  गरेको  बीउ प्रयोग  गर्नु  पर्दछ  ।  यो  रोगको  लक्षण  देखा  परेमा  ट्राईसाईक्लाजोल  १.५ ग्रा.   प्रति   लिटर   पानीमा   मिसाएर   १५   दिनको   अन्तरालमा   छर्दा सजिलैसित यो रोगको रोकथाम गर्न सकिन्छ ।

डढुवा रोग (Bacterial leaf blight)

यो  रोग  सिंचित  क्षेत्रमा  बढी  देखिन्छ  । यसको लक्षण पातको टुप्पो र किनारामा  लामो  पहेंला  वा  खैरा  रङ्गका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट
सुकेर मर्दछ । यसको रोकथामको लागि निम्न    लिखित    विधिहरु    अपनाउन सकिन्छ ।
– सिफारीस  अनुसार  रासायनिक मलको प्रयोग गर्ने ।
– रोग  लागेको  खेतमा  केहि  दिन पानी सुकाउने ।
– २०  ग्रा.  कांचो  (resh)  गोबर  प्रति  लिटर  पानीमा  मिसाएर छर्ने ।
–   एग्रीमाईसिन–१००  नामक  बिषादी  १–२  ग्रा.  प्रति  लिटर  पानीमा मिसाएर छर्ने ।

पातको फेद डढुवा रोग (Sheath blight)

यो   रोग   सिंचित   क्षेत्रमा   बढी देखिन्छ  ।  यो रोगको  लक्षण पातको फेदमा बेआकारका खैरा थोप्लाहरु   देखिन्छन्   जुन   पछि गएर  आकारमा  वृद्घि  भई ढुसीको कालो गिर्खाको रुपमा परिणत हुन्छ्  र  पुरै  बोट  सुक्दछ  ।  यसको  लक्षण  देखियो  भने  भेलिडामाईसिन  वा शीथमार २–३ मि.लि प्रति लिटर पानीमा मिसाएर छ¥यो भने यो रोग सजिलैसित नियन्त्रण गर्न सकिन्छ ।

कालोपोके (False smut)

यो  रोगको  प्रकोप  सिंचित  क्षेत्रमा  बढी  देखिन्छ  ।  धानको  दाना  शुरुमा सुन्तला  रङ्ग  र  पछि  गएर  हरियो  कालो  रङ्गमा  परिणत  हुने  यो  रोगको प्रमुख  लक्षण  हो  जुन  पछि  गएर  सम्पूर्ण बालामा  देखिन्छ  ।  यसको रोकथामको  लागि  रोग  रहित  वा उपचारित बीउ (बेभिष्टीन २ ग्रा.कि.ग्रा. बीउ)    लगाउने अथवा    बाला    पसाउने    बेलामा नेटिभ नामक बिषादी २ ग्रा.प्रति लिटर  पानीमा मिसाएर  छर्नु पर्दछ ।

मिलीबग (Mealy bug)


यो कीरा सुख्खा अवस्थामा  बढी देखापर्दछ  । यो कीराको प्रकोपले बोटको फेदमा   सेतो   धुलो   देखापर्छ   । यो   कीराको   प्रकोप   खेतको   विभिन्न ठाउँहरुमा  देखापर्दछ  ।  यसको  रोकथामको   लागि  इमिडाक्लोप्रीड  नामक कीटनाशक बिषादी १ मि. लि. प्रति लिटर पानीमा मिसाई छर्न पर्दछ ।

ढुङ्ग्रे कीरा (Gall midge)


यो कीराको प्रकोपले धानको पात प्याजी रङ्गमा  परिणत  हुन्छ ।  यसको    प्रकोप मकवानपुर, सप्तरी,  सुनसरी  र  मोरङ्ग जिल्लाहरुमा  बढी  देखिन्छ  ।  यो  कीराको  वर्षै पिच्छे  प्रभाव  हुने  क्षेत्रमा  बेर्नालाई  उपचार गरी  रोपाई  गर्नु  पर्दछ  ।  बेर्ना  उपचार  गर्दा समथल  पिंध  भएको  १०  मि.  लामो,  १  मि. चौडा  र  १०  से.  मि.  गहिरो  खाडल   खन्ने  र  त्यसलाई  १०.५  मि. लम्बाई,  १.५  मि.  चौडाई  भएको  प्लाष्टिकले  छोपेर  खाडलमा  लगभग २००  लि.  पानी  भरी  उक्त  पानीमा  २००  मि.  लि.  क्लोरोपाईरिफस  र  २ कि.  ग्रा.  युरिया  घोलेर  २  घण्टा  सम्म  बेर्ना  डुबाउनु  पर्दछ  ।

कार्ताप हाईड्रोक्लोराईड वा फिप्रोनिलको दाना  १५–२०  कि.  ग्रा.  प्रति  हेक्टका  दरले  खेतमा  ५  से.  मि.  पानी जमाएर छ¥यो भने यो कीरालाई नियन्त्रण गर्न सकिन्छ ।

खैरो फड्के कीरा (Brown plant hopper)


यो कीराको प्रकोपले धानका विरुवाहरु गाँजिएर वा बढ्न नसकेर  सुकेर  मर्दछन्  र  अन्तमा धानको बोटमा बाला नलागी पराल जस्तो भई बोट सुकेर  जान्छ। यसको लक्षण देखापरेमा ईमिडाक्लोप्रिड नामक  कीटनाशक बिषादी  १.५–२  मि.  लि.  प्रति  ४ लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

गबारो (Stem borer)


यो  कीराले  विरुवाको  कलिलो  अवस्थामा  आक्रमण  गरेमा  मृत  गावाँ देखिन्छन्  र  यदि  विरुवाको  फूल  फुल्ने  बेलामा  आक्रमण  गरेमा  भुस मात्र   भएका   सेता   बालाहरु   देखिन्छन् ।  यसको   लक्षण   देखापरेमा ईमिडाक्लोप्रिडनामक  कीटनाशक  बिषादी  १.५–२  मि.  लि.  प्रति  ४  लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

पतेरो (Gundhi bug)


चाडै   पाक्ने   धानका   जातहरुमा यो  कीराको  प्रकोप  बढी  हुन्छ  । यसको रोकथामको लागि मालाथियन धुलो  २० कि. ग्रा.हे. का दरले धानको पातमा एकनाशले  पर्ने  गरी  छर्ने  वा  कुनै सिस्टेमिक किटनाशक बिषादी प्रयोग गर्ने ।

पात बेरुवा (Leaf folder)


यसको  प्रकोप  ढिलो  रोपाई  गरेको  धानमा  बढी  हुन्छ  ।  यो  कीराले पातलाई  बेरेर  भित्रपट्टि  बसी  पातको  हरियो  पदार्थ  खाईदिन्छ  र  पात
सुक्दछ  ।  यसको  रोकथामको  लागि  कुनै  पनि  सिस्टेमिक  किटनाशक बिषादीको प्रयोग गर्न सकिन्छ ।

कटाई, चुटाई तथा भण्डारण
दानाको  चिस्यान  १८–२०%  हुँदा  बाली  काट्न  उपयुक्त  हुन्छ  र  राम्रो बाली  ब्यवस्थापन  गरेको  खण्डमा  यो  धानको  जातले  ४.६–५.५  टन प्रति हेक्टर उत्पादन दिन्छ । भण्डारण गर्दा दानाको चिस्यान १३%  हुनु पर्दछ  ।  कीराको  क्षति  कम  गर्नको  लागि  १.५–२  क्वीन्टल  धानमा  १ चक्की सेल्फस राखी हावा नछिर्ने गरी भण्डारण गर्नु पर्दछ ।

  • स्रोत : राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्र, खुमलटार, काठमाडौ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0