काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन् । बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट विदेशमन्त्री जयशंकर काठमाडौँ आइपुगेका हुन् ।

जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

जयशंकरको पहिलो भेट बिहान ११:०० शितलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्‍न गरेपछि विदेशमन्त्री जयशंकरले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन् भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्रमन्त्री एनपी साउदसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।

लगत्तै १:१५ बजेबाट नेपाल(भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु हुनेछ भने १स्४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सो सम्झौतापछि विदेशमन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता हुनेछ, जसअनुसार ३स्४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने ४स्३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ ।

साँझ ६:१५ देखि सोल्टी होटलमा विदेशमन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ ।

आज दिनभर औपचारिक कार्यक्रममा व्यस्त रहेपनि भोलि भने भारतीय विदेशमन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन्, जसअनुसार भोलि बिहान पशुपतिनाथको दर्शन गर्नेछन् भने उनले पुनस्निमार्ण भइरहेका भवनहरूको निरिक्षण गरेर १२ बजे अपरान्ह स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0