आगामी ८ माघ सोमबारका दिन भगवान् रामको प्रतिमा राम जन्मभूमि अयोध्यामा नवनिर्मित गर्भगृह मन्दिरमा स्थापित गरिँदै छ । यो घटना आफैं ऐतिहासिक एवं अद्वितीय मानिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रिय संलग्नतामा उनी प्रमुख यजमानको भूमिकामा रहेर मूर्तिको प्राणप्रतिष्ठा हुँदै छ । भारत वा नेपालमा कैयन् ठाउँमा प्रत्येक दिनजस्तो नयाँ मन्दिर बनिरहेका होलान् र नयाँ मूर्तिहरू प्रतिष्ठापन भइरहेका होलान् । तर, रामको प्राण प्रतिष्ठा अत्यन्तै विशेष बन्न पुगेको छ । यस घटनालाई सनातन धर्मको पुनर्जागरणका रूपमा लिइएको छ र यसलाई भारतको सच्चा स्वतन्त्रताका रूपमा समेत अथ्र्याइएको छ । स्वाभाविक रूपमा यस घटनाले भारतका मात्र नभई विश्वभरिकै सनातन धर्मावलम्बीहरू हर्षित भएका छन् र उद्वेलित देखिन्छन् ।
कुनाकुनाबाट अयोध्यामा रामभक्त दर्शनार्थीहरूको ओइरो लागेको छ । साँघुरा गल्लीहरू भएको फोहोर फैजाबाद सहर अनायासै मनमोहक र आकर्षक बनेको छ । निर्माणाधीन राम मन्दिरको भव्यता र दिव्यता मात्र होइन अयोध्याको नयाँ स्वरूपले समेत प्रत्येक दिन लाखौंको संख्यामा धार्मिक पर्यटकको ओइरो लाग्ने देखिन्छ । अयोध्या सनातनीहरूको प्रमुख तीर्थस्थलका रूपमा स्थापित हुने लक्षण देखापरेको छ । एक सनातनी हुनुका नाताले विधर्मी इस्लामिक आक्रान्ताले नष्ट गरेको राम जन्मभूमिलाई मौलिक स्वरूपमा फर्काइएकामा पनि वास्तवमा खुसी छु ।
तर, म जति खुसी छु, त्यसभन्दा बढी दुःखी छु । विश्वभरि सवा अर्बको हाराहारीमा हिन्दू र ५० करोड बुद्धमार्गी रहेको अनुमान छ । विशेषतः नेपाल र भारतको कुरा गर्ने हो भने यी धर्मावलम्बीहरू एकआपसमा छुट्याउनै नसकिनेगरी गुजुल्टिएर रहेका छन् । कुनै आफूलाई हिन्दू भन्न रुचाउने व्यक्तिलाई बौद्ध गुम्बामा पुगेर प्रार्थना गर्न र शिर निहुराउन पटक्कै अप्ठ्यारो लाग्दैन भने आफूलाई बौद्ध भन्ने व्यक्तिलाई हिन्दू मन्दिरमा पुगेर प्रार्थना गर्न थोरै पनि असजिलो हुँदैन । वास्तवमा हिन्दू धर्मावलम्बी आफैं विभिन्न मतमा विभक्त छन् । नेपाल भूमि यी तमाम मत र सम्प्रदायलाई संयोजन गरेर सबैको सर्वोच्च सम्मान गर्दै सनातनको उत्कृष्टतम् अभ्यास गर्ने थलो हो । त्यस हिसाबले सम्पूर्ण सनातनीहरूको आस्थाको सर्वोच्च केन्द्र नेपाल हुनुपर्ने हो । आज अयोध्यामा ओइरिएको भीडप्रति मलाई ईष्र्या छैन । तर, त्यसभन्दा ठूलो भीड नेपालमा आउनुपर्ने हो, आएको छैन ! यसले गर्दा म दुःखी छु ।
सनातनी हिन्दूहरूमा अनेक मत र सम्प्रदाय छन् । पाँच मूल देवदेवीलाई पाञ्चायन देवदेवी भन्छन् । पाञ्चायन देवदेवीमा गणेश, शिव, विष्णु, दुर्गा र सूर्य पर्छन् । हिन्दूमार्गीहरूको सुन्दर पक्ष भनेको यी पाँचमध्ये कुनैको मूल अनुयायी हुँदा पनि अन्य चारको उत्तिकै सम्मान गरिन्छ । उदाहरणका लागि एक शैवले शिवलाई केन्द्रमा राखेर नित्य आराधना गर्छ भने अन्य चारलाई ’round चारकुनामा राखेर पूजा आराधना गर्छ । एक वैष्णवले विष्णुलाई केन्द्रमा अन्य चारलाई ’round राख्छन् । शाक्त, सौर्य वा गाणपत मतावलम्बीले पनि त्यस्तै गर्छन् । आफ्नो मूल इष्टलाई बीचमा राखेर अरूको पनि आराधना गर्छन् । अब आऊँ हिन्दूहरूको तीर्थस्थलतर्फ । अयोध्या निश्चित रूपमा महानतम् धार्मिक स्थल हो, तर त्यो राम केन्द्रित छ । भारतको कुनै पनि तीर्थस्थल सहर हेर्ने हो भने यस्तै कुनै एक देवदेवीमा केन्द्रित रहेको देखिन्छ ।
अब नेपालतर्फ फर्कौं । काठमाडौं उपत्यकालाई हेरौं । त्यसो त, मैले बताउन लागेको कुरा नेपालका सम्पूर्ण सहर, गाउँ बस्तीका यथार्थ हुन् । तर, उत्कृष्ट उदाहरणका रूपमा उपत्यकालाई नै लिऊँ । यो उपत्यका वैष्णवहरूको केन्द्राधिपति भगवान् विष्णुद्वारा संरक्षित र पालित छ । उपत्यकाका चारैतिर अवस्थित चाँगु, इचंगु इत्यादि चार नारायणलाई हेरौं । बूढानीलकण्ठजस्तो शेषशायी नारायण अन्त कतै छ ? भए पनि आधुनिक कालमा स्थापित प्रतिमूर्ति होलान् । यो नेपाल खाल्डो सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक र जलविनायक आदि चार विनायकको कृपादृष्टियुक्त छ । बीचमा अशोकविनायक त विराजमान छँदै छन् । देवाधिदेव महादेव त साक्षात् महाज्योतिर्लिंगका स्वरूप पशुपतिनाथका भएर विराजमान छन् ।
गोकर्णेश्वर, कुम्भेश्वर, किरातेश्वर र कोटेश्वरजस्ता प्रख्यात शिवलिंगका ’boutमा धेरै उल्लेख गरिरहन नपर्ला । शक्तिस्वरुपिणी माता दुर्गाका विभिन्न स्वरूप त उपत्यका र यसका ’roundको क्षेत्रमा जति अन्त भेटिन मुश्किलै पर्ला । पूर्वबाट पलाञ्चोक भगवती र नाला भगवती, दक्षिणबाट दक्षिणकाली, पश्चिमबाट मनकामना देवी र उत्तरबाट नुवाकोट भैरवी एवं बज्रजोगिनी माताको वात्सल्यपूर्ण कृपादृष्टि रहेको छ, यस भूमिमा ! काठमाडौंमा अवस्थित नक्साल भगवती, मैतिदेवी, कंकेश्वरी, शोभाभगवती, गुह्येश्वरी र नरदेवी त केही उदाहरण मात्र हुन् । भक्तपुरको नवदुर्गा भवानी र माहेश्वरी, महाकाली, बाराही, त्रिपुरासुन्दरी, ब्रह्मायणी र इन्द्रायणीजस्ता शक्तिपीठको महिमा अतुलनीय छ ।
ललितपुरको हरिसिद्धी, वज्रबाराही, छिन्नमस्ता, महालक्ष्मी र बंगलामुखीको वर्णन गाह्रो छ । शाक्त मतको कुरा गर्ने हो भने त शक्तिस्वरुपिणी माताको सम्पूर्ण अवतारी रूप स्वरूपहरू प्रतिस्थापित छन्, यहाँ । महादेवको अंशावतार भैरवको आराधना यहाँ जति कतै हुँदैन । कालभैरव, श्वेतभैरव, बटुकभैरव, मुनिभैरव, आकाशभैरव र हाँसेका भैरव आदि इत्यादि । इन्द्रजात्रा हेरौं त । महादेवपुत्र गणेश, शिवांश भैरव र आदिशक्ति कुमारीको जात्रा हुन्छ र ती कुमारी बौद्ध शाक्य कन्या हुन्छिन् ।
पलाञ्चोक भगवतीजस्तो प्रसिद्ध सनातनी शक्तिपीठका पुजारी बौद्ध मतावलम्बी बज्राचार्य छन् । भुवन भास्कर सूर्यनारायणचाहिँ सजीव दर्शन हुने हुँदा मन्दिर र मूर्तिको आवश्यकता देखिएन होला । सूर्यको ऊर्जाको प्रतीक मण्डप त प्रत्येक घरबाहिर लेखिन्छन्, कोरिन्छन् र दिनचर्या नै सूर्यलाई अघ्र्य दिएर सुरु हुन्छ ।
पाञ्चायन देवदेवी मात्र होइन, यहाँ अन्य सम्प्रदाय उपसम्प्रदायलाई पनि अभिन्न अंगका रूपमा अंगीकार गरिएको छ । नाथ सम्प्रदायका महानतम् गुरु गोरखनाथ काठमाडौंको केन्द्र काष्ठमण्डपमा प्रतिस्थापित छन् । गोरखनाथका पनि गुरु मच्छिन्द्रनाथको जात्रा उपत्यकाका प्रमुख चाडमध्ये पर्छ । अझ रमाइलो त के छ भने मच्छिन्द्रनाथलाई करुणामयका रूपमा बौद्धमार्गीहरू आराधना गर्छन् । शक्तिपीठ बज्रजोगिनी र हलेसी महादेव बज्रयानी बौद्धका आराध्य हुन् !
ध्यान दिएर हेर्ने हो भने समग्र नेपाल भूमि र राजधानी काठमाडौं उपत्यका सनातनको सम्पूर्ण शाखा उपशाखाको समायोजित केन्द्र हो । आराधना पद्धतिमा थोरै तान्त्रिक मतको बाहुल्य रहेको पञ्चमकार विधि बढी अपनाइएको पाइन्छ । गणेशको मूर्तिमा बली दिने र पशुपतिनाथ परिसरभित्रै कीर्तिमुख भैरवमा बली चढाउने जस्तो परम्परा अरूका लागि अलि अपाच्य हुनसक्छ ।
पूजा आराधनाको सात्विक विधि जति सरल हुन्छ, त्यसको तुलनामा तान्त्रिक विधि त्यति सजिलो हुँदैन । तन्त्रमन्त्रमा पूर्णरुपेण पारंगत नभई यो विधि अपनाउन सकिन्न । भारतका अत्यन्तै कम तीर्थस्थलमा तान्त्रिक विधि अपनाइन्छ । तर, नेपालका वैष्णव र शैव मठमन्दिरमा समेत सहजै तान्त्रिक विधि अपनाइएको देखिन्छ । यसबाट के बुझिन्छ भने भारतको तुलनामा नेपालका विद्वान्हरूले धेरै अघि नै यस विद्यामा श्रेष्ठता हासिल गरिसकेका थिए ।
सनातनीहरू अयोध्या पुग्छन्, रामलाई पाउँछन् । मथुरा पुग्छन्, कृष्ण भेट्छन् । केदारनाथ पुग्छन्, शिवको दर्शन गर्छन् । कामाख्या मन्दिर जान्छन् र शक्तिस्वरुपिणी मातालाई पाउँछन् । बद्रीनाथ पुगेर विष्णुसँग नजिक भएको अनुभव गर्छन् । मुम्बई पुगेर सिद्धिविनायकको आराधना गर्न पाउँछन् । नेपाल आयो भने समग्र सनातन परम्पराको दर्शन हुन्छ । अब भन्नुस् ! सनातनीको सबैभन्दा ठूलो आस्थाको केन्द्र नेपाल हुनुपर्ने होइन ?
रामको अयोध्याको पुनस्र्थापना हुनु खुसीको विषय हो । तर, रामले तोडेको शिवधनुष रहेको धनुषाधाम उपेक्षित हुनु राम्रो हो र ? सीता माताको माइतीका रूपमा जनकपुर परिचित छ । तर, के लवकुशको जन्मस्थल र सीतामाता धर्तीमातामा समाहित भएको अनि महर्षि बाल्मीकिको तपोभूमि बाल्मीकि आश्रमका ’boutमा विश्वलाई थाहा छ ? रामले प्रथम पराक्रम अर्थात् ताड्का वध गरेको र सम्पूर्ण दिव्यास्त्र ज्ञान पाएको ठाउँ कहाँ हो ? जवाफ आउला– विश्वामित्र आश्रममा । त्यो विश्वामित्र आश्रम कहाँ छ ? कौशिकी अर्थात् वराह क्षेत्र हो कि ? तुलसीदासले अयोध्याको सरयूतटमा बसेर अवधी भाषामा रामायण लेखे । तर, रामायणको प्रथम रचना त बाल्मीकिले नेपालस्थित आश्रममै गरेका हुन् । महाभारत नलेखिएको भए मानव जातिलाई गीताको ज्ञान हुन्थ्यो ? महाभारत महर्षि व्यासले कहाँ बसेर भट्याएका हुन् र गणेशजीले कहाँ बसेर लेखेका हुन् ? के त्यो नेपाल नै होइन ?
मलाई वास्तवमै चित्त बुझेको छैन, सनातन हिन्दू एवं बौद्ध धर्मको समग्र, सर्वोत्कृष्ट एवं परिष्कृत अभ्यासस्थल नेपालका ’boutमा धेरै कमलाई थाहा भएकामा । ज्ञान र ज्ञानीहरूको भूमि नेपालका ’boutमा बताउनै नसकेकामा त अझै रिस नै उठेको छ ।